१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ७ मंगलबार o८:४७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूगोल इनर्जी डेभलपमेन्ट र दोल्ती पावर कम्पनीको सेयर बाँडफाँट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार o८:४७:oo

एनआइसी एसिया क्यापिटल लिमिटेडले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको साधारण सेयर बाँडफाँट गरेको हो ।

दोल्ती पावरको सेयर १०,७२९ जनालाई
दोल्ती पावर कम्पनी लिमिटेडको सेयर १० हजार सात सय २९ जनाले पाएका छन् । रीतपूर्वक आवेदन दिनेमध्येलाई गोलाप्रथामार्फत सेयर बाडफाँट गरेको कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दोल्ती पावर कम्पनीको एक लाख सात हजार दुई सय ९८ कित्ता सेयरका लागि आवेदन खुला गरिएको थियो । जसमा १८ हजार तीन सय १७ जनाको पाँच लाख ४२ हजार ७० कित्ताका लागि आवेदन परे पनि १६ हजार नौ सय ७२ जनाको चार लाख ६८ हजार नौ सय ४० कित्ता सेयरको माग मात्र रीतपूर्वक रहेको जनाइएको छ । 

जसमध्ये गोलाप्रथाका माध्यमबाट १० कित्तादेखि १० हजार कित्ता सेयर आवेदन गर्ने १० हजार सात सय २९ जना सफल आवेदनकर्तालाई तथा बाँकी आठ कित्ता सेयर २० कित्ताभन्दा बढी माग गर्नेमध्येबाट आठजनालाई एक कित्ताका दरले बाँडफाँट गरिएको जनाइएको छ ।  

भूगोल इनर्जीको सेयर १०,८८१ जनाले पाए
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर १० हजार आठ सय ८१ जनाले पाएका छन् । रीतपूर्वक आवेदन दिनेमध्येलाई गोलाप्रथामार्फत सेयर बाडफाँट गरेको कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको एक लाख आठ हजार आठ सय ११ कित्ता सेयरका लागि आवेदन खुला गरिएको थियो ।

जसमा १८ हजार तीन सय ६४ जनाले पाँच लाख ३३ हजार ६ सय ९० कित्ताका लागि आवेदन परे पनि १६ हजार नौ सय ६४ जनाको चार लाख ६० हजार दुई सय ४० कित्ता सेयरको माग मात्र रीतपूर्वक रहेको जनाइएको छ । जसमध्ये गोलाप्रथाका माध्यमबाट १० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने १० हजार आठ सय ८१ जना सफल आवेदनकर्तालाई बाँडफाँट गरिएको जनाइएको छ ।