मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ६ सोमबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला क्याम्पसमा नेविसंघका महेश हमाल विजयी

Read Time : < 1 मिनेट
२०७९ चैत ६ सोमबार १२:३३:००

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महेश हमाल विजयी भएका छन् । निर्वाचन समिति संयोजक प्रकाश खत्रीका अनुसार एक सय ४२ मतसहित उनी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सभापति उम्मेदवार विष्णु भण्डारीले एक सय ३९ मत प्राप्त गरेका छन् । निरन्तर अग्रता कायम गरेका भण्डारी अन्तिममा झिनो मतले पराजित भएका हुन् ।

सचिवमा अखिल कान्तिकारीका जयकृष्ण जैसी एक सय ४० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी अनिता नेपालीले एक सय ३६ मत ल्याएकी छिन् ।

कोषाध्यक्षमा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका मेघराज देवकोटा एक सय ५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका धनराज बुढाले एक सय ४७ मत ल्याएका छन् ।

सदस्यहरूमा अखिल क्रान्तिकारीका रामप्रकाश बोहरा (१७३), अनेरास्ववियुका ईश्वर खत्री (१५५), अखिल क्रान्तिकारीका आर्विस कार्की (१४८) विजयी भए । कुल सात सय ८२ विद्यार्थी भर्ना भएकामध्ये पाँच सय २८ जनाले परिचयपत्र लिए पनि पाँच सय १३ जनाले मतदान गरेका थिए । जसमध्ये पुरुष दुई सय ६ र महिला तीन सय सात मतदाता रहेका थिए ।