१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पहिचान पक्षधरको प्रदर्शनमा झडप

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२२:oo

कोसी प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधर विभिन्न संस्था र संगठनले आइतबार विराटनगरमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन अनियन्त्रित हुँदा दिनभर तनाव भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन् । 

प्रदेशको नाम एकल जातीय आधारमा, गुपचुप रूपमा पहिचानविरोधी नामकरण गरिएको भन्दै आन्दोलनरत पक्षहरूले आइतबार प्रदर्शन गरेका थिए । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटालगायत जिल्लाबाट आएका प्रदर्शनकारी भेला भएका थिए । उनीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्न पुगेपछि झडप भएको हो । प्रदर्शन सुरु हुनुअघि नै मोरङ प्रशासनले बिहानैदेखि विभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । 

प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर तथा अश्रुग्यासका सेल प्रहार गरेको थियो । प्रदर्शनकारीले आसपासमा क्षेत्रबाट इँटा र ढुंगा ल्याएर प्रहरीमाथि आक्रमण गर्न थालेपछि झडप चर्किएको थियो ।

आयोजकहरूले पटकपटक शान्तिपूर्ण प्रदर्शन गर्न तथा संयमित हुन भने पनि उत्तेजित युवाले मुख्यमन्त्रीको पुत्लादहन गर्दै उत्तेजित नारा लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा पहिचान पक्षधरहरूले कोसी प्रदेश खारेज नभए आन्दोलन अझै सशक्त बनाउने तथा आवश्यक परे खुकुरी र बन्दुक पनि उठाउन पछि नपर्ने चेतावनीसमेत दिए । कोणसभामा पूर्वमन्त्री गोपाल किराँतीसहित पहिचान पक्षधर नेताहरू आङकाजी शेर्पा, सन्जुहाङ पालुङवा, कुमार लिङ्देन, ज्ञानबहादुर राईलगायतले गाउँगाउँबाट बहिष्कार आन्दोलन सुरु गर्ने बताए ।

ad
ad