मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ५ आइतबार १२:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य हालसम्मकै उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार १२:३o:oo

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । छापावाल सुनको मूल्य हालसम्मकै उच्च एक लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिनमा यसको मूल्य तोलामा एक लाख सात हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य आज तोलामा एक लाख नौ हजार पाँच सय पुगेको छ । शुक्रबार प्रतितोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी शुक्रबार एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक हजार तीन सय ४५ कायम भएको महासंघले जनाएको छ ।