
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । छापावाल सुनको मूल्य हालसम्मकै उच्च एक लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिनमा यसको मूल्य तोलामा एक लाख सात हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य आज तोलामा एक लाख नौ हजार पाँच सय पुगेको छ । शुक्रबार प्रतितोला एक लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी शुक्रबार एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य एक हजार तीन सय ४५ कायम भएको महासंघले जनाएको छ ।