मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
२०७९ चैत ४ शनिबार १४:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मादकपदार्थ सेवन गरी युवकद्वारा आत्मदाह प्रयास

Read Time : < 1 मिनेट
२०७९ चैत ४ शनिबार १४:२४:००

आफ्नो शरीरमा आफैंँ आगो लगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ नेर्पाका २८ वर्षीय भोलाकाजी बाँस्तोला गम्भीर घाइते भएका छन् । गए राति आत्मदाहको प्रयास गरेका भोलाकाजीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राजधानी काठमाडौं पठाइएको छ । 

राति नै गाडी रिजर्भ गरेर राजधानी काठमाडौं लगिएका दुई छोराका बाबु भोलाकाजीको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घटना भएको केही समयपछि बेहोस भएका उनको अहिले पनि होस नखुलेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

मादकपदार्थ सेवन गरेर शुक्रबार बेलुका घर पुगेका भोलाकाजीले आफ्नै मोटरसाइकलको पेट्रोल झिकेर शरीरमा आगो लगाएको खुलेको स्थानीय मीना पराजुलीले बताइन् । ‘मातेको झोँकमा छोराहरूलाई कुटपिट गरेपछि आत्मदाह प्रयास गरेको खुलेको छ,’ उनले भनिन्, ‘शरीरमा लगाएको आगोले ठूलो रूप लिएपछि आफैँ पानीको दहमा पसेका रहेछन् ।’

आगो निभेपछि दहबाट निस्किएका उनी केही समयपछि बेहोस बनेका थिए । दैनिकजसो मादकपदार्थ सेवन गर्ने भोलाकाजीको परिवारमा दैनिकजसो झगडा हुँदै आएको स्थानीयको भनाइ छ ।