Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ चैत ३ शुक्रबार ०८:३९:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

समुद्रमा प्लास्टिक प्रदूषणमा अभूतपूर्व वृद्धि : अध्ययन

तत्काल नीतिगत कदम नचाले महासागरहरूमा प्लास्टिक संग्रह हुने दर सन् २०४० सम्ममा करिब २.६ गुणाले बढ्न सक्ने चेतावनी दिएका छन्

Read Time : > 1 मिनेट
२०७९ चैत ३ शुक्रबार ०८:३९:००

अहिले विश्वका महासागरमा १७१ ट्रिलियनभन्दा बढी प्लास्टिकको टुक्रा तैरिरहेको अनुमान गरिएको एक नयाँ अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले एट्लान्टिक, प्रशान्त तथा हिन्द महासागर र भूमध्यसागरमा सन् १९९७ देखि २०१९ को अवधिमा संकलन गरिएका लगभग १२ हजार नमुनाको विश्लेषण गरेका थिए । उनीहरूले सन् २००५ पछि समुद्री प्लास्टिक प्रदूषणमा ‘द्रुत र अभूतपूर्व’ वृद्धि पाए ।

‘आजको विश्वव्यापी प्रचुरता १.१ देखि ४.९ मिलियन टन तौलबराबरको करिब ८२ देखि ३५८ ट्रिलियन प्लास्टिक कणहरू अनुमान गरिएको छ । सन् १९९० सम्म हामीले कुनै स्पष्ट पत्ता लगाउन सक्ने प्रवृत्ति देखेनौँ । त्यसवेलादेखि सन् २००५ सम्म एक अस्थिर तर गतिहीन प्रवृत्ति र अहिले आइपुग्दासम्म द्रुत वृद्धि देख्यौँ,’ प्ल वन जर्नलमा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले भनेका छन् । 

वैज्ञानिकहरूले तत्काल नीतिगत कदम नचाले महासागरहरूमा प्लास्टिक संग्रह हुने दर सन् २०४० सम्ममा करिब २.६ गुणाले बढ्न सक्ने चेतावनी दिएका छन् । ‘विश्वका महासागरमा प्लास्टिकको घनत्वको यो गतिले (विश्वभरका समुद्री तटहरूमा पनि रिपोर्ट गरिएको छ) तत्काल अन्तर्राष्ट्रिय नीतिको हस्तपेक्षका लागि माग गर्छ,’ जर्नलमा लेखिएको छ ।सिएनएनसँग कुरा गर्दै पाँच ग्यारेस इन्स्टिच्युटका अनुसन्धान निर्देशक तथा अध्ययनका लेखक लिसा एर्डलले प्रत्येक वर्ष विश्वव्यापी प्लास्टिकको केबल नौ प्रतिशत मात्र पुनः प्रयोग गरिने बताइन् ।

तत्काल नीतिगत कदम नचाले महासागरहरूमा प्लास्टिक संग्रह हुने दर सन् २०४० सम्ममा करिब २.६ गुणाले बढ्न सक्ने चेतावनी दिएका छन्
 

‘प्लास्टिक समुद्रमा पुगेपछि सड्दैन, बरु स–साना टुक्रा भएर टुक्रिन्छ । यी कणहरू त्यसपछि वास्तवमा सजिलै सफा हुँदैनन् । हामी प्लास्टिकसँग फसेका छौँ’, उनले जर्नललाई भनिन् । तसर्थ, समुद्रमा कति प्लास्टिक छ भनेर पत्ता लगाउनु एक कठिन अभ्यास हो । ‘महासागर एक जटिल ठाउँ हो । त्यहाँ धेरै समुद्री धारा छन् । मौसम र जमिनको अवस्थाका कारण समयसँगै परिवर्तन हुन्छन्,’ एर्डलले भनिन् । यसबाहेक, उत्तरी एट्लान्टिक समुद्रमा समुद्री प्लास्टिकको उच्चतम संग्रह रहेको अन्वेषकहरूले जनाएका छन् ।

भूमध्य सागर, हिन्द महासागर, दक्षिण एट्लान्टिक र दक्षिण प्रशान्तलगायत क्षेत्रहरूका लागि अझै थप तथ्यांक आवश्यक रहेको अनुसन्धानकर्ताले बताए । ‘समुद्रमा प्लास्टिकको मापन, विशेषता र समस्याको वास्तविक समाधानको आवश्यकतालाई प्रकाश पार्न कत्ति चुनौतीपूर्ण छ भन्ने बुझ्नका लागि यो अनुसन्धानले मेरो आँखा खोल्यो,’ क्यालिफोर्नियाको मुर इन्स्टिच्युट फर प्लास्टिक पोल्युसन रिसर्चका अनुसन्धान वैज्ञानिक र अध्ययन लेखक विन काउगरले भने ।

प्रदूषण नियन्त्रण गर्ने सन्धि वा नीतिहरूको प्रभावकारिताका कारण सन् २००० भन्दा अगाडिको प्रदूषणको स्तर परिवर्तन हुन सक्ने अध्ययनले उल्लेख गरेको छ । सन् १९८० को दशकमा कानुनी रूपमा बाध्यकारी धेरै अन्तर्राष्ट्रिय सम्झौताहरूले देशहरूलाई महासागरमा माछा मार्न र समुद्री प्लास्टिक फाल्न रोक्नुका साथै निश्चित मात्रामा सफा गर्न निर्देशन दिएका थिए । यद्यपि, ती सम्झौता स्वेच्छिक भएकाले तिनीहरू कम प्रभावकारी हुन सक्नेछन् । समस्याको समाधान महासागरहरू सफा गर्ने र प्लास्टिकलाई पुनः प्रयोग गर्नुको सट्टा उत्पादन र प्रयोग हुने प्लास्टिकको मात्रा घटाउनमा केन्द्रित हुनुपर्ने लेखकहरूले तर्क गरेका छन् ।