१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार ११:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिप्रोक्स लघुवित्तको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार ११:२९:००

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । संस्थाको २१औँ वार्षिक साधारणसभाले सेयरधनीलाई २१ दशमलव शून्य पाँच प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो । संस्थाले आव  ०७८/७९ मा ८० करोड ९२ लाख १४ हजार रुपैयाँ सञ्चालन मुनाफासहितबाट सेयरधनीलाई करसहित ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने जनाएको छ । बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब ५२ करोड ६२ लाख रुपैयाँ पुगेको जनाइएको छ । 

आव ०७९/८० को लेखापरीक्षकको नियुक्ति गर्ने, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक कित्ताबराबर एक कित्ताको अनुपातमा प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पनि पारित भएको जनाइएको छ ।

यसका साथै प्राप्तिका लागि अन्तिम समझदारी गर्ने, प्राप्तिपश्चात् प्रबन्धपत्र र नियमावली संशोधन तथा सेयर संरचना परिवर्तन गर्नेलगायत प्राप्ति प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको उल्लेख छ । सभामा संस्थाका अध्यक्ष दपिक खनालले वार्षिक प्रतिवेदन पेस गर्दै प्रतिवेदनउपर सेयरधनीहरूले राखेका राय–सुझाव तथा जिज्ञासाको जवाफ दिएका थिए । 

संस्थाले हाल देशको ७१ जिल्लामा एक सय ४९ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले बताए । चालू आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ग्रामणि क्षेत्रका करिब दुई लाख ४५ हजार सदस्यलाई १८ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको उनको भनाइ छ ।