१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Monday, 01 July, 2024
२o७९ चैत १ बुधबार २o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

डिडिसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ बढ्यो

उपभोक्ताले किन्दा लिटरमै ९७ रुपैयाँ पुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार २o:१o:oo

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले एकैपटक लिटरमा ११ रुपैयाँले मूल्य बढाएको हो । 

संस्थानका सूचना अधिकारी राजेन्द्र अधिकारीका अनुसार उपभोक्ताको मूल्य अब लिटरको ९७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि उपभोक्ताले प्रतिलिटर ८६ रुपैयाँमा खरिद गर्दै आइरहेका थिए । उपभोक्ता मूल्य बिहीबारबाट लागू हुने अधिकारीले बताए । 

किसानले पाउने मूल्य भने १ चैतबाट लागू भएको थियो । यसअघि १९ फागुनमा मन्त्रिपरिषद्ले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँले बढाउने निर्णय गरेको थियो । 

किसानले पाउने मूल्य ५६ रुपैयाँबाट ६५ रुपैयाँ पुर्याएपछि डिडिसीले पनि उपभोक्ता मूल्य तोकेको हो । त्यस्तै, संस्थानले स्ट्यान्डर्ड दूध प्रतिपाँच सय एमएल ४३ रुपैयाँबाट बढाएर ४८ रुपैयाँ पुर्याएको छ । 

फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै, लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ। अधिकारीका अनुसार सबै दूधमा प्रतिप्याकेट साढे ५ रुपैयाँ बढाइनेछ ।  

घिउ, पनिर, दहीलगायतको मूल्य बढाउने विषयमा थप छलफल गरेर तोकिने बताए । उनले भने, ‘दुग्ध पदार्थसँग जोडिएको मूल्य हामी केही दिनमा सार्वजनिक गछौँ।’
 

ad
ad
ad
ad