१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २६ शुक्रबार २२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

आशिषको उत्कृष्ट गोलमा चर्च ब्वाइजले गर्यो जितमा ह्याट्रिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार २२:o४:oo

सहिद स्मारक ए डिभिजन लिग ०७९–८० को तेस्रो चरणको खेल चलिरहँदा चर्च ब्वाइज युनाइटेडले जितको ह्याट्रिक लगाएको छ । 

आज दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

चर्च ब्वाइजका लागि आशिष चौधरीले निर्णायक गोल गरे । २०औँ मिनेटमा एरिक विष्टले मध्यभागबाट दिएको लामो पासलाई नियन्त्रणमा लिएर तीनजना डिफेन्डरलाई पछि पार्दै आशिषले लोभलाग्दो गोल गरे । 

यसक्रममा उनले बलमाथि नियन्त्रण, पेस र फिनिसिङ तीनै क्षेत्रमा उनले आफूलाई अब्बल सावित गरे । त्यही गोल नै चर्च ब्वाइजलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

पहिलोपटक सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका आशिषको यो दोस्रो गोल हो । यसअघि नेपाल पुलिस क्लबसँगको खेलमा पनि उनले गोल गरेका थिए । 

ad
ad
ad
ad