१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ११:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २६ शुक्रबार ११:३९:००

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेर चैत ३ गते निर्वाचन गर्ने तयारी भएको जानकारी दिएको छ ।

आयोगले  फागुन २७ गते बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकेको छ । २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र  ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइएको छ । 

२८ गते १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगकाे तयारी छ । त्यस्तै, १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र सोही दिन नै उम्मेदवारी फिर्ता लिन चाहनेले लिन पाउनेछन् । 

२८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चैत ३ गते मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।