१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकै दिनमा अडानीले कमाए पाँच अर्ब डलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:२७:oo

डलर अर्बपतिको सूचीमा अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले ठूलो छलाङ मारेका छन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार विश्वका धनाढ्यको सूचीमा अडानी २४औँ नम्बरमा पुगेका छन् । सेयर बजारमा अडानी ग्रुपको स्टक लगातार उकालो लाग्दा उनको नेटवर्थमा पनि नाफा भएको छ । 

अडानीको नेटवर्थ बढेर करिब ५० अर्ब डलर पुगेको छ । उनको नेटवर्थ एकै दिनमा ५ अर्बभन्दा बढीको उछाल आएको छ । अमेरिकी रिसर्च हिन्डेनबर्गको रिपोर्ट आएपछि अडानी ग्रुपको सेयरबजार ओरालो लागेको थियो । ग्रुपको धेरैजसो सेयरमा लोअर सर्किट लागेको थियो । तर, पछिल्लो चार दिनयता ग्रुपको स्टक पुनः उकालो लाग्न थालेको छ । योसँगै उनको नेटवर्थमा पनि वृद्धि भएको हो । पछिल्ला तीन–चार दिनमै अडानीको नेटवर्थमा ११ अर्ब डलर वृद्धि भएको छ । हिन्डेनबर्गको रिपोर्टपछि ग्रुपको नेटवर्थमा ३१ अर्ब डलरसम्मको गिरावट आएको थियो । 

अम्बानीको सम्पत्ति पनि बढ्यो
ब्लुमबर्ग बिलिनियर इन्डेक्सअनुसार अर्का भारतीय अर्बपति मुकेश अम्बानीको सम्पत्ति पनि बढेको छ । योसँगै धनाढ्यको सूचीमा उनले ११औँ स्थान ओगटेका छन् । एकै दिनमा अम्बानीको नेटवर्थ २.६७ अर्ब डलरसम्म बढेको छ । अम्बानीको कुल नेटवर्थ ८२.६ अर्ब डलर छ । पछिल्ला दिनमा अम्बानीको नेटवर्थमा गिरावट देखिएको थियो । उनी पनि धनाढ्यको सूचीमा तल झरेका छन् । कुनै बेला अम्बानीभन्दा अडानी नेटवर्थमा अगाडि थिए । तर, हिन्डेनबर्गको रिपोर्ट आएपछि अडानी अम्बानीभन्दा धेरै पछाडि छन् ।

दोस्रो नम्बरमा थिए अडानी
सन् २०२३ को सुरुवातमा विश्वका धनाढ्यको सूचीमा दोस्रो नम्बरमा थिए अडानी । विश्वकै सर्वाधिक धनी बन्न एक कदम मात्रै बाँकी थियो । तर, २४ जनवरीमा हिन्डेनबर्गको रिपोर्ट आएपछि सबै उथलपुथल भयो । अर्बपतिको सूचीमा शीर्ष–१०, शीर्ष–२० र पछि शीर्ष–३० भन्दा पनि पछाडि परे । उनको नेटवर्थले निरन्तर ओरालो यात्रा तय गर्‍यो । अडानीले अहिलेसम्म ७० अर्ब डलरभन्दा बढीको नेटवर्थ गुमाइसकेका छन् ।  

ad
ad