Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १९ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्जा निक्षेपकर्ताको सम्पत्ति हो, नतिर्न दबाब समूह बनाउनु गलत : डेपुटी गभर्नर मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १९ शुक्रबार १५:२७:००

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले लघुवित्तका कर्मचारीमाथि मोसो दल्ने हर्कतले समाज विभाजित गर्ने बताए । दबाब समूह बनाई मोसो दल्ने दस्ता बनाउँदैमा कर्जा नतिरे हुन्छ भन्ने परिकल्पना नगर्न उनले आग्रह गरेका छन् ।

‘कर्जा नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो । उद्योग, व्यापार, व्यवसाय मन्दीमा जान सक्छ,’ उनले भने, ‘बैंकको ब्याज वृद्धि हुन सक्छ र घट्न सक्छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिवर्तन भएको कारण र पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्ट्रल बैंकहरूले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको छ । त्यसको असर नेपालमा पनि परेको छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरूको नभएर जनताको पैसा भएको डेपुटी गभर्नर मिश्रले प्रस्ट पारे । वित्तीय संस्थाबाट कर्जा लिनेहरूले समयमा नबुझाउँदा निक्षेपकर्ताले पैसा पाउन समस्या हुने उल्लेख गर्दै उनले ऋण तिर्दिनँ भन्नेहरूलाई कसैले पनि प्रोत्साहन दिन नहुने बताए ।