
नयाँ पत्रिकाका आइटी प्रमुख प्रमोद महर्जनको निधन भएको छ । कीर्तिपुनिवासी उनी सोमबार मर्निङवाकमा गएका वेला बाटोमै ढलेको अवस्थामा फेला परेका थिए । महर्जनलाई मर्निङवाकमा गएकाहरूले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याएका थिए ।
तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको परिवारका सदस्यले बताएका छन् । उनी उच्च रक्तचाप र मधुमेहसम्बन्धी समस्याबाट पीडित थिए । ४४ वर्षीय महर्जनका श्रीमती, एक छोरी र एक छोरा छन् ।