मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १६ मंगलबार
  • Tuesday, 30 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार १४:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सन्दीपको मुद्दामाथि सुनुवाइ सकियो, आजै आदेश आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १५ सोमबार १४:४५:००

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आइतबारदेखि जारी सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतमा सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको अन्तिम सुनुवाइको आजै आदेश आउने भएको छ। 

आज सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे।