मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ फाल्गुण १४ आइतबार ११:o७:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बिहान स्याउ खानुका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार ११:o७:oo
  • स्याउका धेरै फाइदा छन् । बिहान खाली पेटमा स्याउ खानु अझै स्वस्थकर हुन्छ । स्याउमा फाइबर, प्रोटिन भिटामिन सी, भिटामिन एलगायत पोषक तत्व पाइन्छ । त्यस्तै, यसमा क्यालोरीको मात्रा कम हुने भएकाले फ्याट वा कोलेस्ट्रोलको समस्या हुन्न । 
  • खाली पेटमा स्याउ खाँदा मुटुलाई फाइदा गर्छ । यसमा रहेको फाइबरले ब्लरप्रेसरलाई नियन्त्रणमा राख्छ । त्यस्तै, भिटामिन सी र पोटासियमले हृदय रोगको खतरा कम गर्छ । 
  • बिहानै स्याउ खाँदा वजन नियन्त्रणमा सहयोग पुग्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमतापनि बढाउँछ । 
  • आइरनको कमी हुँदा शरीर कमजोर हुन थाल्छ । यसले हाम्रो शरीरमा रगतको कमी भएको संकेत गर्छ । यदि नियमित रूपमा खाली पेटमा स्याउ खानुभयो भने यस्तो समस्याबाट छुटकारा पाइन्छ । स्याउमा आइरनको मात्रा प्रशस्तै हुन्छ, जसले रगत सफा गर्ने तथा शरीरका लागि पर्याप्त मात्रामा आइरन उत्पादन गर्ने काम गर्छ । 
  • दमका रोगीहरूका लागि स्याउ फाइदाजनक छ । स्याउमा रहेको फ्लेवोनोइड्सले फोक्सोलाई तागत दिने काम गर्छ ।