१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ९ मंगलबार
  • Sunday, 08 September, 2024
२o७९ फाल्गुण ९ मंगलबार o९:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मनाङले हिमालयनको सामना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ९ मंगलबार o९:२६:oo

पाँचौँ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको सोमबार भएको अन्तिम सेमिफाइनलमा हिमालयन शेर्पाले पाहुना टोली एभिनियर एफसी क्यामरुनलाई १–० ले हराउँदै फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । आइतबार भएको पहिलो सेमिफाइनलमा एपिएफ क्लबलाई मनाङले हराएको थियो । 

एभिनियरविरुद्धको खेलमा हिमालयनका सुनील श्रेष्ठले एक मात्र विजयी गोल गरेका थिए । उनले खेलको ५३औँ मिनेटमा गोल गरेका हुन् । खेलमा उनले म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ हात पारे । हिमालयनले पाहुना टोलीमाथि दबाब राखेको थियो । पाहुना टोली एभिनियरले काउन्टर एट्याक्टमा गोल कोसिस गरेको थियो । यद्यपि, हिमालयनको डिफेन्स लाइन एभिनियरले कुनै पनि समयमा तोड्न सकेन । 

दुवै हाफमा हिमालयनले पकड बनाएको थियो । खेलमा थप गोल नहुँदा सुनीलकै एक मात्र गोलको सहयोगमा हिमालयनले फाइनल स्थान पक्का गरेको हो । प्रतियोगिताका विजेताले १५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख रुपैया“ हात पार्नेछ । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक दिइनेछ । 

हिमालयनका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीको मिहिनेतका कारण जित सम्भव भएको बताएका छन् । ‘प्रतिस्पर्धामा खेलाडीहरूले निकै मिहिनेत गरेका थिए, अन्तिम समयसम्म पनि विपक्षी टोलीका खेलाडीलाई हावी हुन दिएनन्,’ हिमालयनका प्रशिक्षक श्रेष्ठले भने, ‘यसै प्रदर्शनका आधारमा हामी फाइनल जित्न सक्छौँ ।’ उनले एभिनियर शारीरिक रूपमा बलियो टोली भएको बताए । ‘हाम्रा केही राम्रा खेलाडी घाइते छन्, शारीरिक रूपमा बलियो क्यामरुनी टोलीसँग हाम्रा खेलाडीले राम्रो खेले,’ श्रेष्ठले भने ।