मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ४ बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली ब्राजिल भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार १६:५१:oo

नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबिसिसिआई)को प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा जाने भएको छ । संस्थाका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा १९ सदस्यीय टोली फेब्रुअरी १६ देखि २४ सम्म ब्राजिल भ्रमणमा जान लागेको हो ।

नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्ध थप उचाइमा पुर्‍याउने उद्देश्यले टोलीले ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमण गर्न लागेको हो । एक विशेष समारोहबीच ब्राजिलियन महामहिम राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले उक्त टोलीलाई बिदाइ गरे ।

उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने संस्थाको विश्वास छ । नेपाली टोलीले ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा ‘फिकोमर्सियो’ र ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिज (एबिआइएच)का उद्यमीहरूसँग भेटका साथै नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्न ब्राजिलका प्रमुख कम्पनीहरूको पनि भ्रमण गर्नेछ ।

एनबिसिसिआई नेपाल र ब्राजिलबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको गैरलाभकारी संस्था हो । प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

प्रतिनिधिमण्डलमा नेपालका व्यापारीहरू विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईं, लवराम दाहाल, माधव गिरी, प्रभुशमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दंगाल, सुधीरकुमार शर्मा, सुशील कडरिया, विजयकुमार चौधरी र निर्मलराज पौडेलको सहभागिता रहेको छ ।