Skip This
हुम्लामा दैनिक १६ घण्टा लोडसेडिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा दैनिक १६ घण्टा लोडसेडिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:o९:oo

हुम्ला सदरमुकाम सिमकोटमा दैनिक १६ घण्टा लोडसेडिङ हुँदै आएको छ। हिल्दुम साना लघु जलविद्युत् आयोजना सिमकोटले दैनिक १६ घण्टा लोडसेडिङ गर्दै आएको हो।

दैनिक लोडसेडिङ बढेपछि सिमकोटवासीको दैनिकी अस्तव्यस्त भएको छ। हिल्दुम साना लघु जलविद्युत् आयोजनाले १६ घण्टा लोडसेडिङ गर्न थालेपछि जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएका छन्।

विद्युत् आपूर्ति नभएपछि जिल्लामा सञ्चालित उद्योग व्यवसाय प्रभावित भएका स्थानीय नन्द सिंहले बताए। दिउँसो विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प हुने र रातमा समेत एक–दुई घण्टा मात्रै आपूर्ति हुँदा एसइई दिने विद्यार्थीसमेत मर्कामा परेकाे उनको भनाइ छ।

चिसोको समयमा हिटरजस्ता विद्युतीय सामग्रीको बढी प्रयोग हुने भएकाले लोडसेडिङ गर्नुपरेको हिल्दुम साना लघु जलविद्युत् आयोजनाका प्रमुख साजन ऐडीले बताए। ‘दिउँसो घाम लाग्दा ९ देखि १२ घण्टासम्म लोडसेडिङ हुन्छ,’ उनले भने।

ad
ad