१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १२:५१:oo

बागमती प्रदेश सभाको बर्खे अधिवेशन ३१ वैशाखमा गर्ने गरी  आह्वान गर्न सिफारिस गरिएको छ।

बिहीबार हेटौँडामा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा योजनामन्त्री गंगानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बर्खे अधिवेशन आह्वान गर्ने जानकारी गराए।

बजेट अधिवेशनको रूपमा रहेको अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्ने तथा छलफल गरी पारित गरिने छ। गत वैशाख १२ गते राति १२ बजे प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो।

ad
ad