१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सफा हिमाल अभियानमा  सूर्य नेपालको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१७:oo

 जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुसार नेपाली सेनाले सञ्चालन गर्न लागेको ‘सफा हिमाल अभियान २०२३’मा सूर्य नेपाल प्रालिले सहयोग गर्ने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । 

अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण र ल्होत्से हिमाल पनि सफाइ गर्ने उद्देश्य रहेको जनाइएको छ । सूर्य नेपालले अभियानमा नेपाली सेना र गैरसरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट, नेपाल’सँग साझेदारी गरेको जनाएको छ । 

अभियानलाई सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डे र प्रमुख सेनानी किशोर अधिकारी, ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेभलपमेन्ट’का आनन्द मिश्रा तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि के रायवरम र प्रबन्धक प्रेमनारायण अर्यालको सहभागिता रहेको जनाइएको छ ।  

ad
ad