Skip This
एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको मतसम्बन्धी प्रस्ताव नै अस्वीकृत
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Monday, 15 September, 2025
२o७९ माघ २६ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको मतसम्बन्धी प्रस्ताव नै अस्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १७:३९:oo

एमाले–माओवादी गठबन्धनको सुदूरपश्चिम सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएसँगै सरकार ढलेको हो। 

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आजसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो। तर, तत्कालीन समयमा रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन अस्वीकार गरेपछि सरकार ढलेको हो। 

रावलले आजको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव ध्वनि मतको आधारमा अस्वीकृत भएको छ। 

बैठक अनिश्चित कालका लागि स्थगित भएको छ।