१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २४ मंगलबार ०९:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कौसीमा माटोको व्यवस्थापन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २४ मंगलबार ०९:५४:००

इच्छा र जाँगर भएमा घरको कौसीमा पनि तरकारी फलाउन सकिन्छ । तर, केही कुरामा भने ध्यान दिन जरुरी छ । कौसीखेती गर्दा घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोपिन्छ ।

सिमेन्ट, बालुवालगायत मिसियो भने माटो एकढिक्का भएर बस्छ र बिरुवा फैलन पनि सक्दैन । माटो मात्रै प्रयोग गर्दा किरा पर्न सक्छ । धेरैले बिरुवा रोप्नका लागि माटोसँग कोकोपिट मिसाउने गरेका छन् । कोकोपिट नरिवलको जट्टाको धुलो हो । यसमा कम्पोस्ट मल वा अर्गानिक कम्पोस्ट मल मिश्रण गरेर प्रयोग गर्न सकिन्छ ।

अर्काे, घरमै पाइने ढुटो, भुस पनि प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकमा बिरुवा रोप्न सकिन्छ । बजारमा बिरुवा रोप्नका लागि ‘ग्रो ब्याग’ पनि पाइन्छ । बिरुवा कतिसम्म झाँगिन्छ वा ठूलो हुन्छ, त्यहीअनुरूप बिरुवा रोप्ने भाँडा प्रयोग गर्नुपर्छ । 

कस्ता बिरुवा रोप्ने ? 
कौसीमा विशेष गरी छोटो समयमै फल्ने फलफूल तथा तरकारी रोप्दा उपयुक्त हुन्छ । कौसीलाई हरियाली बनाउने खालको तरकारी रोप्नुपर्छ । रायोको साग, गाँजर, मुला, काउली, बन्दा, लौका, खुर्सानी, फर्सी, सिमी, घिरौला, धनियाँ, मेथी, चना, पालुङ, लसुन रोप्दा राम्रो हुन्छ । कौसीमा गोलभेँडा, बन्दालगायत तरकारी पनि फलाउन सकिन्छ । यसले दैनिक रूपमा तरकारी तथा फलफूल किन्ने पैसा बचत हुन्छ । 

हेरचाह कसरी गर्ने ? 
बिरुवा रोपेर मात्रै हुँदैन, यसलाई हेरचाह पनि उत्तिकै महŒवपूर्ण हुन्छ । कौसीमै राख्दा तापक्रम एकदमै धेरै हुन्छ । तापक्रम धेरै भयो भने बिरुवालाई पनि असर गर्छ । त्यसका लागि स्ट्यान्ड बनाएर राख्नुपर्छ । स्ट्यान्डमाथि सकेसम्म टनेल पनि बनाउँदा राम्रो हुन्छ । तापक्रम ब्यालेन्सका लागि बजारमा ‘वाटर प्रुफ’ प्लास्टिक पनि पाइन्छ । धेरै पानी र धेरै घाम पनि नहोस् भनेर प्लास्टिक प्रयोग गरिन्छ । गर्मी र जाडोमा यसले इन्सुलेसनको रूपमा काम गर्छ । तपाईं आफ्नो घरमा ताजा र स्वच्छ हावा प्राप्त गर्न सक्नुहुन्छ र हरियो ताजा तरकारीको मजा पनि लिन सकिन्छ ।