मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार १९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुन्डीकाे ८२ लाखसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार १९:४५:००

हुन्डीको ८२ लाख लाख रुपैयाँ रकमसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ९ का २३ वर्षीय किशोर चौधरी र कैलाली गोदावरी नगरपालिका– १० का ५१ वर्षीय दीपेन्द्रबहादुर मल्ल छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई न्युरोडबाट शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूबाट  स्रोत नखुलेको ७८ लाख पचास हजार रुपैयाँ र चार लाख रुपैयाँको चेक गरी ८२ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । 

राष्ट्र बैंकले दिएको नियमविपरीत कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । अनुसन्धान कार्यालयका  प्रवक्ता एसपी कृष्ण कोइरालाले बरामद रकम हुन्डी करोबारमा प्रयोग भएको बताए । 

उनले भने, ‘ठूलो परिमाणमा रकम बरामद भयो । अनुसन्धान गर्दा रकमको स्रोत खुल्दैन । पक्राउ अभियुक्तसँग बुझ्दा उक्त रकम हुन्डीको रहेको बुझिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार पक्राउ परेकामध्ये मल्लले विगत पाँच वर्षदेखि र चौधरीले चार वर्षदेखि न्युरोडबाट  हुन्डी कारोबार गर्दै आएका थिए । उनीहरूले न्युरोडमा विभिन्न व्यापारीबाट हुन्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिटमार्फत व्यवस्थापन गर्दैै आएका थिए ।