एउटा पद छोड्दा सर्वश्व पाउने अवस्थामा रहेको कांग्रेसलाई एउटा पद गुमाउँदै सर्वश्व लिने गरी एमालेले दुवाली फर्काएको हेक्कै भएन ।
भनिन्छ– राजनीतिमा सबै सम्भावनाका ढोका सधैँ खुला रहन्छन्, समयमा सही निर्णय लिन मात्र सक्नुपर्छ । अथवा यसलाई यसरी भनौँ– राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन । हो, नेपाली राजनीतिमा यस्तै असम्भव लाग्ने कुराहरू बारबार दुनियाँलाई चकित पार्दै सम्भव भइरहेका छन् । खासगरी ०४६ को राजनीतिक परिवर्तनपछि यस्तै कटु यथार्थहरूलाई हामीले सुन्दै, देख्दै, भोग्दै र अनुभव गर्दै आइरहेका छौँ ।
राजनीतिक पार्टीका शीर्ष नेताहरूको अहंकार, आसेपासेको घेराभन्दा बाहिर निस्कन नसक्ने वातावरण, देशहित र जनहितभन्दा आफू तथा परिवारवादको हित अनि उन्नति नै राष्ट्रहित हो भन्ने संकीर्ण सोच र सम्पूर्ण महत्वपूर्ण पदहरू आफ्नै पार्टीका त्यसमा पनि आफ्नै अनुकूलका व्यक्तिहरूमा सीमित राख्ने मनोकांक्षा तमाम पार्टीका शीर्ष नेताहरूमा देखिनु दुःखद पक्ष हो ।
कहिलेकाहीँ सबै आफ्नै अनुकूल हुँदाहुँदै बढी महत्वाकांक्षाले पाएका अवसरहरूबाट हात धुनुपर्ने अवस्था सिर्जना हुँदा पनि नेताहरूको चेत खुल्न सकेको देखिँदैन ।
०७४ पछिको नेपाली राजनीतिमा टड्कारो रूपमा देखिँदै र भोगिँदै आएको वास्तविकता यही हो । झन्डै दुईतिहाइ सिट संख्या प्राप्त गर्दै २३ सिटमा कांग्रेसलाई खुम्च्याउन सफल एमाले र माओवादीको गठबन्धन (नेकपा)ले अब दशकौँ वर्ष शासनसत्ता आफ्नै नियन्त्रणमा राख्ने सबैको आकलनविपरीत करिब तीन वर्षमै निदाएर बसेको कांग्रेसको हातमा सुम्पिएको थियो ।
सत्ताको च्याँखे दाउमा रहेको माओवादीलाई प्रधानमन्त्री पद दिँदै अधिकांश प्रमुख पदहरू प्राप्त गर्न फर्काएको दुवाली एमालेका लागि कामयाबी बन्यो । र, एमालेले अहिलेको आफ्नो दुवाली राष्ट्रपतिको निर्वाचनसम्म यथावत् राख्ने निश्चित छ ।
एकीकृत हुँदा भएका समझदारी इमानदारीपूर्वक कार्यान्वयन हुन नसक्दा देशले राजनीतिक स्थिरता प्राप्त गर्न सकेन । दुई कम्युनिस्ट पार्टी मिलेर एकीकृत भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको जुँगाको लडाइँमा विभाजन मात्र भएन, एमाले शासनसत्ताबाट बाहिरिने अवस्थामा पुग्यो अनि आपसमै चिरा पनि प¥यो ।
नेकपा एमालेमा ४० वर्षभन्दा बढी समय काँधमा काँध र हातमा हातमा हात मिलाउँदै आएका भरोसायोग्य नेताहरू एक–अर्काको नाम उच्चारण गर्दा पनि आफ्नो मुख अपवित्र भएको महसुस गर्ने अवस्थामा पुगे ।
करिब डेढ वर्षको सत्तारोहणपछिको ०७९ को निर्वाचनमा सबैभन्दा बढी सिट ल्याएर सत्ताको स्वाभाविक हकदार कांग्रेसमा यति अहंकारको भूत सवार भयो कि उसले आफूलाई सम्हाल्न नसक्दा भुइँको टिप्न खोज्दा पोल्टाको पनि गुमाउने अवस्थामा पुग्यो । एउटा पद छोड्दा सर्वश्व पाउने अवस्थामा रहेको कांग्रेसलाई एउटा पद गुमाउँदै सर्वश्व लिने गरी एमालेले दुवाली फर्काएको हेक्कै भएन । सत्ताको च्याँखे दाउमा रहेको माओवादीलाई प्रधानमन्त्री पद दिँदै अधिकांश प्रमुख पदहरू प्राप्त गर्न फर्काएको दुवाली एमालेका लागि कामयाबी बन्यो । र, एमालेले अहिलेको आफ्नो दुवाली राष्ट्रपतिको निर्वाचनसम्म यथावत् राख्ने निश्चित छ ।
सबै गुमेपछि प्रधानमन्त्रीलाई आवश्यक नपर्ने विश्वासको मत दिएर किंकर्तव्यविमूढको अवस्थामा रहेको कांग्रेस अहिले एमालेले दुवाली फर्काएर कमिला हिँड्ने पानीको गोहोमा ढोक्सा थापेर राष्ट्रपतिको सिकार गर्ने सपना देखिरहेको छ । र, त्यो ढोक्सामा राष्ट्रिय सहमतिको राग अलाप्दै कांग्रेसको कोटाबाट राष्ट्रपतिको सिकार गराएर गुन तिर्ने माओवादी साउती देखिन्छ ।
आफूलाई तिरिमिरीझ्याइँ बनाउँदै एमालेसँग माओवादीको प्रेमालापपछि ब्युँझिएको कांग्रेस अहिले कुहिरोभित्रको काग बनिरहेको छ । सबै गुमेपछि प्रधानमन्त्रीलाई आवश्यक नपर्ने विश्वासको मत दिएर किंकर्तव्यविमूढको अवस्थामा रहेको कांग्रेस अहिले एमालेले दुवाली फर्काएर कमिला हिँड्ने पानीको गोहोमा ढोक्सा थापेर राष्ट्रपतिको सिकार गर्ने सपना देखिरहेको छ । र, त्यो ढोक्सामा राष्ट्रिय सहमतिको राग अलाप्दै कांग्रेसको कोटाबाट राष्ट्रपतिको सिकार गराएर गुन तिर्ने माओवादी साउती देखिन्छ ।
माओवादीलाई थाहा छ– राष्ट्रपति एमालेलाई दिएको भोलिपल्टदेखि नै उसले सरकारका लागि एमालेको सहयोग पाउनेछैन । ३२ सिट पाएको माओवादीलाई प्रधानमन्त्री दिन सकिँदैन भनेर अहिलेको सहमतिअनुसार अढाइ वर्ष नपुग्दै एमालेले सरकारको विकल्प खोज्न थाल्नेछ । एमालेको स्वभावको भलिभाँती ज्ञान भएको माओवादीले यही अवस्थालाई ध्यान दिँदै कांग्रेससँगको मायाप्रीतिमा पनि ब्रेकअप गरेको छैन । दुई प्रेमीलाई मायाजालमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने प्रेमिकाको अभिनय माओवादीले अहिले गरिरहेको छ । आफूलाई अघिल्लो गठबन्धनमा एमालेबाट पाएको धोका यसपटकको गठबन्धनबाट तिर्न माओवादी फुकीफुकी पाइला चालिरहेको छ । राष्ट्रिय सहमतिको नाममा कांग्रेसलाई राष्ट्रपति दिएर पाँचै वर्ष प्रधानमन्त्री हत्याउने मार्गमा माओवादी छ । त्यसैले पनि अहिले ऊ दुई प्रमुख पार्टी एमाले र कांग्रेसको मन जितेर पाँचै वर्ष सत्ता आफूमै सीमित गर्न चाहन्छ ।
[email protected]