१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

कृषिविज्ञ कृष्णप्रसाद पौडेललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४o:oo

यसपालि तराई, मधेसमा औसतभन्दा कम वर्ष भएको छ । यसले धान उत्पादनमा कस्तो प्रभाव पार्ला ?
धेरै ठूलो प्रभाव पर्दै छ । कतिपय प्रभाव त देखिइसकेका पनि छन् । गत हिउँदयता हामीले लामो समयपछिको सबैभन्दा ठूलो खडेरी झेल्यौँ । हिउँदमा सरदर २०–२१ दिन पानी पर्नुपर्नेमा जम्मा एक दिन पर्‍यो र त्यो पनि निकै कम । यसले गर्दा हाम्रो हिउँद सुक्खा रह्यो । यसले हाम्रो चैतेधान उत्पादनमा ठूलो असर पुर्‍यायो । हाम्रो ५० प्रतिशतभन्दा बढी खेती वर्षाको पानीमा निर्भर छ । हामीकहाँ घैया खेती लगभग हराइसकेको छ । पाखो धानको उत्पादन पनि हुन छाडिसकेको छ । 

विज्ञहरूले यस वर्ष कम पानी पर्ने पूर्वानुमान गरिसकेका थिए । यस्तोमा सरकारले केही पूर्वतयारी गर्न सक्थ्यो कि ?
विज्ञले भने पनि या नभने पनि हिउँदमा कम वर्षा भएको त सरकारले देखिसकेकै थियो । यस्तोमा ऊ संवेदनशील बन्नुपर्थ्यो । उसले समयमै किसानहरूलाई कम पानी चाहिने खेती र बिउबारे जानकारी गराएर सचेत गराउनुपर्थ्यो । सरकारले सतहको पानी सञ्चय गर्ने, पोखरीहरू निर्माण गरेर पानी जम्मा गर्नेलगायतका कार्यक्रम, योजना र बजेट ल्याउन सक्नुपर्थ्यो । तर, उसले केही गरेन । 

यस्तो अवस्थामा धानको उत्पादन बढाउन के गर्न सकिएला त ?
पहिले समय र सम्भावना दुवै थियो । अब समय घर्किसक्यो । अहिलेको जलवायु संकटको समयमा सम्भावित खडेरी टरिसकेको छैन । त्यसैले, सरकारले अबका दिनमा भविष्यका लागि योजना तयार गरी कार्यान्वयन गर्न सक्नुपर्छ । 

ad
ad