
डाँका समूहले कान्तलाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटपाट गरी उनकाे हत्या गरेकाे छ
सप्तरीको सुरुंगा नगरपालिका– ८ को एक घरमा डाँकाको एक समूहले लुटपाटसँगै एकजनाको हत्यासमेत गरेको छ ।
बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ।