१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २३ शुक्रबार o९:१२:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

हेल्थ कन्सर्न  नेपालका संस्थापक  डा. सुवास प्याकुरेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार o९:१२:oo

विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड) प्रणाली के हो र नेपालमा यो किन आवश्यक छ ? 
यो प्रविधिमा आधारित स्वास्थ्य सेवा हो । यसलाई सजिलो भाषामा बिरामीको अभिलेख राख्ने विद्युतीय प्रणाली भन्दा हुन्छ । अस्पतालहरूले अब ‘पेपरलेस’ मेडिकल सेवा प्रवाह गर्न सक्छन् । बिरामीको सबैखाले तथ्यांक एउटा सफ्टवेयर प्रणालीमा रहन्छ । चिकित्कसले पनि त्यसैका आधारमा बिरामी जाँच्न सक्छन् । अहिले अस्पताल जाँदा रिपोर्ट बोकेर जानुपर्ने झन्झट छ । अस्पतालहरूले बिरामी पुर्जामै ठूलो खर्च गरिरहेका छन् । तर, हामीले ल्याएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम’ले त्यो झन्झट हटाउँछ । यसको उपयोगपछि अनलाइनबाटै बिरामीलाई चिकित्सकले जाँच्न र परामर्श दिन सक्छन् । अहिले हामीले अस्पताललाई मिल्ने गरी ‘सिस्टम डेभलप’ गरिसकेका छौँ । सेवा लिन चाहने स्वास्थ्य संस्थालाई हामी सघाउँछौँ । यो सिस्टम एउटा अस्पतालबाट अर्को अस्पतालसँग ‘इन्टर कनेक्टेड’ पनि हुन्छ । धेरै मुलुकमा यस्तो सिस्टम लागू भइसकेको छ । नेपालमा पनि कतिपय निजी अस्पतालले विद्युतीय मेडिकल अभिलेखको अभ्यास गरेका छन् । अब सम्पूर्ण अस्पतालमा यो सिस्टम लागू गर्न ढिलो भइसक्यो । 

यसले स्वास्थ्यको अभिलेख कसरी व्यवस्थित गर्न सक्छ ? 
अहिले सबैले मोबाइल चलाउने गरेको अवस्था छ । त्यसकारण पनि स्वास्थ्य सेवालाई ‘डिजिटलाइज’ गर्दा त्यो प्रभावकारी हुन्छ । स्वास्थ्य संस्थाले आइटी प्रयोग गरी बिरामीलाई सहज सेवा दिन सक्छन् । यसले ‘प्रेसक्रिप्सन’मा समेत सहजता ल्याउँछ । बिरामीको ‘हिस्ट्री’ रहन्छ । 

यस्तो प्रणालीमा जाँदा बिरामीको गोपनीयता कसरी रहन्छ र तथ्यांकको सुरक्षा कसरी हुन्छ ? 
यसमा बिरामीको गोपनीयता सुरक्षित हुन्छ । एउटा बिरामीको तथ्यांक अर्काले हेर्न मिल्दैन । बिरामीको कोड तथा संकेत नम्बरका आधारमा चिकित्सकले हेर्न सक्छन् । यसमा सबैलाई एक्सेस हुँदैन । तर, स्वास्थ्य संस्था, चिकित्सक र सम्बन्धित बिरामीले आफूलाई चाहिँदा त्यहाँ राखिएका सूचना हेर्न सक्छन् । हामीले बनाएको सिस्टम सरकारको निर्देशिकाभित्रै छ । 
 

छुटाउनुभयो की ?