१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
ऋषिकेश गवाडे
२o८१ बैशाख २३ आइतबार o८:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्रविधि विकाससँगै क्रिकेटले आफ्नो स्वत्व गुमाउँदै

Read Time : > 2 मिनेट
ऋषिकेश गवाडे
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:३९:oo

भारतमा क्रिकेटलाई सबैभन्दा उत्साहसाथ लिइन्छ । क्रिकेटको अत्यधिक लोकप्रियताका कारण यस खेललाई भारतको ‘धर्म’ पनि भन्ने गरिन्छ । कैयौँ वर्षसम्म पनि जब भारतको राष्ट्रिय क्रिकेट टोलीले खेल्थ्यो, तब मुलुकभरिका गाउँमा टेलिभिजनअगाडि दर्शकको भिड जम्मा हुन्थ्यो । जब टेलिभिजन उपलब्ध हुन्थेन, मानिस रेडियोबाट खेलको कमेन्ट्री (व्याख्यान) सुन्ने गर्थे । टेस्ट म्याचका दौरान खेलाडीको विशेष खेल प्रस्तुति सडक गल्लीको चिया गफ बन्थ्यो । क्रिकेटले भारतीय जनतालाई एक ठाउँमा ल्याएको थियो । 

पछिल्ला केही वर्षयता भने क्रिकेटसँगको भारतीयको सम्बन्ध एवं संवाद निकै फेरिएको छ । फ्यान (समर्थक) अहिले स्मार्टफोन बोक्छन् र यसले फ्यानलाई जहाँ पनि खेल हेर्ने सुविधा दिएको छ । क्रिकेट अहिले पहिलेजस्तो सामूहिक रूपमा हेरिने खेल रहेन । अहिले दर्शक भारतविरुद्ध पाकिस्तानको खेलमा मात्रै एक ठाउँ जम्मा भएर हेर्छन् । यति मात्र नभई अहिले क्रिकेटमा ठूलो विविधता देख्न सकिन्छ ।

अहिले टेस्ट, एक दिवसीय र टि–२०लगायत खेल तालिकाले भित्तेपात्रो भरिएको देख्न सकिन्छ । यस सन्दर्भमा जुलाई २०२२ मा इंग्ल्यान्डका खेलाडी बेन स्टोक्सले क्रिकेट खेल अन्धाधुन्ध ढंगले बढेका कारण आफूले समय नपुग्दै सन्न्यास लिएको बताएका छन् । वेस्ट इन्डिजका तीव्र गतिका पूर्वबलर र अहिलेका कमन्टेटर माइकल होल्डिङले खेलबाट सन्न्यास लिएको ५० वर्षभन्दा बढी भइसकेको छ र उनले त्यस बखतको खेललाई अझै पनि बिर्सेका छैनन् । ‘यो (अहिलेको क्रिकेट) मैले खेलेको वा थाहा पाएको खेल होइन । यो निकै भिन्न भइसकेको छ,’ एक अन्तर्वार्तामा होल्डिङ बताउँछन् ।

नयाँ प्रविधिसँगै ठूलो स्तरमा सञ्चार जगत्को विस्तारले क्रिकेट र दर्शकबीचको अन्तत्र्रिmयालाई व्यापारीकरण गर्ने कैयौँ सम्भावनाका ढोका उघारेको छ । खेलकुदमा मानिसको सहभागिता नयाँ उचाइमा पुग्दा क्रिकेट खेल महŒवपूर्ण विज्ञापन माध्यमका रूपमा विकसित भएका छन् ।

क्रिकेटको सफलता मापन गर्न खेलसँग जोडिने मानिसको सहभागिता वा पैसाको कारोबार हेर्दा ठीकै भए पनि खेलले आफ्नो सार गुमाउँदै गएको छ

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सन् १९९२ सम्म भारतीय भूमिमा हुने खेल प्रसारण गर्न भारतको सार्वजनिक टेलिभिजन प्रसारणकर्ता दूरदर्शनले ठूलै रकम लिने गथ्र्याे । अहिले ३० वर्षपछि डिज्नी स्टारले सन् २०२४ देखि २०२७ सम्म भारतमा खेल प्रसारण गर्ने अधिकारका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई तीन अर्ब अमेरिकी डलर तिरेको छ । सन् २०२३ र २०२७ बीचको अवधिमा इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारण अधिकार ६ अर्ब अमेरिकी डलरभन्दा बढीमा बेचिएको छ ।

आइपिएलका कारण एक नयाँ प्रकारको क्रिकेट सतहमा आएको छ, जहाँ वित्तीय लाभले परम्परागत क्षेत्रीय वा राष्ट्रिय समर्थनलाई माथ दिएको छ । उच्च बोलीमा खेलाडीलाई लिलामी गरेर खेल टोली निर्माण गरिन्छ । र, जबसम्म खेल करार सम्झौता रहन्छ, तबसम्म बफादारी जारी रहन्छ । यो प्रक्रिया हरेक सिजनमा (वर्षमा खेल हुने समय) दोहोरिने गर्छ । सन् २००८ मा सुरु भएको आइपिएलको सफलताका कारण संयुक्त अरब इमरेट्स, अमेरिका र दक्षिण अफ्रिकामा आइपिएल जस्तै तीन नक्कल खेल प्रतियोगिता २०२३ मा खेलाइने भएको छ । 

क्रिकेटको सन्दर्भमा अनलाइन फेन्टासी खेल (जुवाजस्तै वैधानिक खेल) प्लेटफर्मको द्रुत वृद्धिले फ्यान संलग्नताको मौद्रिकीकरण गर्ने नयाँ अवसर पनि सिर्जना भएका छन् । खेल भइरहेकै समयमा हुने विश्वव्यापी सञ्चार, मोबाइल फोनको तीव्र विस्तार र डिजिटल बैंकिङको पहुँचले अनलाइन फेन्टासी खेलको सफलतामा योगदान पु¥याएको छ । फेन्टासी खेल उद्योगको व्यापार अहिले अर्बौं डलर पुगेको छ ।

फेन्टासी खेल अनलाइन जुवा वा बाजी होइन र भारतमा अनलाइन बाजी अवैध पनि हो । तर, फेन्टासी खेलले खेल समर्थकलाई आफूलाई मनपर्ने खेललाई प्रत्यक्ष रूपमा पैसाको कारोबारमा ढालिदिन्छ । खेल मैदानमा खेलको प्रदर्शनीले व्यक्तिको गोजी भरिने वा खाली हुने निर्धारण गर्छ । ‘टिम है तो मजा है’ यो अहिलेको एक ठूलो फेन्टासी खेल प्लेटफर्मको नारा हो, जसको अर्थ तपाईंंले खेलको मजा त्यतिवेला मात्र लुट्नुहुन्छ, जब तपाईं आफ्नो मनपर्ने टिमलाई फेन्टासी खेलमा छान्नुहुन्छ ।

यी फेन्टासी प्लेटफर्म आफूले खेलमा फ्यानको संलग्नता एवं रुचि बढाउने दाबी गर्छन् । तर, शोधकर्ता भने फेन्टासी प्लेटफर्मले दर्शकलाई खेललाई पूर्ण रूपमा अँगाल्ने पक्षबाट विचलित गरेर व्यक्तिगत खेलाडीमा खेल केन्द्रित गरिरहेको बताउँछन् अर्थात् टिमको प्रदर्शनमा खुसी हुनुभन्दा बढी दर्शक व्यक्तिगत खेलाडीको प्रदर्शनको हिसाबकिताबमा अल्झिरहेका छन् ।      

 क्रिकेटको सफलताको मापन गर्न खेलसँग जोडिएर हुने मानिसको सहभागिता वा पैसाको कारोबारलाई छान्नुहुन्छ भने खेल दिनप्रतिदिन सफलताको नयाँ उचाइमा पुगिरहेको छ भन्न सकिन्छ । नत्र भने खेलले आफ्नो सार गुमाउँदै गइरहेको छ । खेल फेरियो भनेर दुःख व्यक्त गरिरहेका माइकल होल्डिङले अन्तर्वार्तामा ‘आइसिसीले खेलबाट कति रकम भित्र्याउन सकिन्छ भनेर हिसाबकिताब गरिरहेको छ, न कि खेलको स्तरोन्नतिमा र यो अवस्था निकै निराशाजनक छ’ भन्दै टिप्पणी गरेका थिए ।

प्रविधिले खेलकुदमा ठूलो परिवर्तन पक्कै ल्याएको छ, तर यससँगै नयाँ चुनौती पनि थपिएका छन् । अर्थात् अति व्यस्त खेल तालिका, खेललाई ‘थप आकर्षक’ बनाउन नियम परिवर्तन, खेलाडीको मानसिक स्वास्थ्य र नाताकतका जोखिम पनि बढेका छन् । खेलको स्वत्व जोगिइराखोस् भन्नका लागि क्रिकेटका अभिभावकले खेलको सफलतालाई खेलमा संलग्न हुने मानिस वा रकमको कारोबारबाट मात्रै मापन गर्नुहुँदैन ।
(गवाडे आइआइटी, बम्बेका समाजशास्त्रमा विद्यावारिधि गर्दै छन्) द वायरबाट
 

ad
ad