सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेकाे छ । देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको हाे।
सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख गर्दै दरपीठ गरेका हुन्। प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएकाले अदालतबाट व्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रूपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपीठ आदेशमा उल्लेख छ।
सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपीठ भएको हो। रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने उल्लेख छ। प्रधानमन्त्री दाहाललाई गत पुस २६ कांग्रेसले पनि विश्वासको मत दिएको थियो। रासस
देउवाविरुद्धको रिट सर्वोच्चले गर्यो दरपीठ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
३ हप्ता अघि
सुझावित समाचार
आनी छोइङको नियुक्तिमाथि सूर्य थापाको प्रश्न : ‘लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुँदैन’
काठमाडौं / नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर आलोचना गरेका छ…
आज दसैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम ज…
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेल…
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यात्रुलाई सहज
काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहज आवतजावतलाई लक्षित गर्दै नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट सर्वसाधारण…
बाँकेको कपासीमा विद्युत् सर्ट भएर आगलागी, सात घर पूर्णरूपमा जलेर क्षति
बाँके । बाँकेकाे जानकी गाउँपालिका– ६, कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पू…
ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको हृदयाघातबाट निधन
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदार्थ साहको निधन भएको छ। ८५ वर्षको उमेरमा बुधबार बिहान काठमाडौंमा उपचार…