मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १८ बुधबार
  • Wednesday, 02 September, 2026
अमुल थापा काठमाडौं
२o७९ माघ १८ बुधबार १४:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अझै मर्मत भएन सिंहदरबार गेटअगाडि फुटेकाे ढल [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १८ बुधबार १४:१o:oo

सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ। ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारीसाधनचालकले सास्ती व्यहोर्नुपरेको छ। सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सरकार बेखबर छ।

हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल नगरेको देख्न सकिन्छ। पूर्वी गेटवरपरका स्थानीय पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्।