१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

रोडिजको पाँचौँ सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:२o:oo

हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरीले गर्ने भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो।

कार्यक्रममा बोल्दै प्रस्तोता ठकुरीले आफूले फ्रेन्चाइज सोमा पनि काम गर्ने चाहना राखे पनि अहिलेसम्म पूरा नभएको र रोडिजमार्फत पूरा हुन लागेकोमा खुसी व्यक्त गरे। उनले रोडिजमा आफ्नो अहिलेसम्मको टेलिभिजन यात्राको अनुभवलाई झनै परिष्कृत बनाएर प्रस्तुत गर्ने बताए।

त्यस्तै, हिमालय रोडिजका निर्देशक सिमोस सुनुवारले चौथो सिजन आफ्नो लागि धेरै चुनौतीपूर्ण रहे पनि त्यसमा आफू सफल भएको बताए। यो सिजन झनै एक्स्ट्रिम हुनेमा आशावादी रहेको उनले बताए। आउँदो वैशाखदेखि प्रसारण हुने पाँचौँ सिजनको हिमालय रोडिजको डिजिटल अडिसन आज सोमबारबाट खुला गरिएको छ।

ad
ad