मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७९ माघ १६ सोमबार ०७:५७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सातौँ राजर्षि जनक कप २५ माघदेखि

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ माघ १६ सोमबार ०७:५७:००

मधेस प्रदेशमा आयोजना हुने सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता २५ माघबाट सुरु हुँदै छ । बागमती युवा क्लबले आइतबार प्रतियोगितासम्बन्धी जानकारी दिँदै प्रतिष्ठित १२ क्लबले सहभागिता जनाउने जनाएको छ । प्रदेशमै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ९८ लाख रहेको क्लबका महासचिव सागर मैनालीले जानकारी दिए । 

प्रतियोगितामा नेपाल पुलिस, एपिएफ, ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल, जावलाखेल युथ, संकटा र चर्चब्वाइज युनाइटेड ललितपुर सहभागी हुनेछन् । मोफसलका चर्चित एवं साबिक विजेता पिप्ले युवा क्लब हेटौँडा, सुदूरपश्चिम–११ धनगढी, धरान फुटबल क्लब धरान, नवजनजागृति फुटबल क्लब सिमरा, पाहुना टोली युनाइटेड किङडम फुटबल क्लब दार्जिलिङ र आयोजक बागमती युवा क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । 

बागमती नगरपालिका खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगिता बागमती–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सञ्चालन हुनेछ । स्थानीय खेल क्षेत्र तथा उदाउँदा खेलाडीको प्रोत्साहनस्वरूप सुरु भएको प्रतियोगितामा बागमतीका एक उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकलसमेत पुरस्कार प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष मैनालीले प्रतियोगिताप्रति मधेस प्रदेश सरकार उदासीन देखिएको आरोप लगाए । 

‘प्रदेशको धार्मिक पर्यटन र आस्थासँग जोडिएको राजर्षि जनक कप सञ्चालनमा कुनै सहयोग नगर्नुले प्रदेश सरकार प्रतियोगिताप्रति सकारात्मक नरहनु हो,’ मैनालीले भने, ‘राजा जनकप्रतिको सम्मान र पर्यटनमा यसले टेवा पु¥याउने भएकाले सहयोग माग गरेका छौँ ।’ २५ माघमा हुने उद्घाटन खेलमा एपिएफले र जावलाखेल युथको सामना गर्नेछ ।