Skip This
बाग्लुङ बडिगाडकी महिलाको गुल्मीमा विभत्स हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १५ आइतबार १८:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङ बडिगाडकी महिलाको गुल्मीमा विभत्स हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार १८:२३:oo

बाग्लुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ। 

बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गंगादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ।

५८ वर्षीया शेरचन न्वारमा ३० वर्षदेखि एक्लै होटेल सञ्चालन गर्दै आएकी थिइन्। बिहान अबेरसम्म पनि होटेलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो।

खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो। अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ। 'घटना हत्या भएको हाम्रो आशंका छ,' रानाभाटले भने, 'अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ।' अविवाहित उनी एक्लै गंगा होटेल सञ्चालन गर्दै आएकी थिइन्। घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताए।

शनिबार साँझ उनको होटेलमा अपरिचित तीन व्यक्ति वास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन्। उनीहरू बिहान निस्के /ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन। गंगाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए।