Skip This
एसइई परीक्षा १७ चैतदेखि 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १५ आइतबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १५ आइतबार o७:५३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एसइई परीक्षा १७ चैतदेखि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १५ आइतबार o७:५३:oo

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो १७ चैतदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा २९ चैतसम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन १७ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

१९ चैतमा अनिवार्य गणित, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । २२ चैतमा अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । २३ चैतमा अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एन्ड माकेर्टिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपेयरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

२४ चैतमा अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिक धारतर्फ जलीय कृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेन्ट एन्ड इन्स्टल्मेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङ र म्युजिक अफ नेपालको परीक्षा हुनेछ ।

२५ चैतमा साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथमपत्रका सबै विषय, वेदविद्याश्रमतर्फ वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । २६ चैतमा साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषय, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिक धारतर्फ भेजिटेवल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी एन्ड डेरी प्रडक्सन, युटिलाइजेसन अफ इलेक्ट्रिक इनर्जी, डेटाबेस म्यानेजमेन्ट सिस्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

२७ चैतमा सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रोनिक्स डिभाइस एन्ड सर्किट, वाटर रिसोर्सेस इन्जिनियरिङ र इन्स्ट्रुमेन्ट किबोर्डको परीक्षा हुनेछ । २८ चैतमा प्राविधिक धारतर्फ इन्डस्ट्रियल इन्टोमोलोगी एन्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे–इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ ।

२९ चैतमा प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरेनरी ल्याबोरेटरी टेक्निक, इन्डस्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट–ओरेन्टेड प्रोग्रामिङ, इस्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।