Skip This
दाङमा एमालेनिकट विद्यार्थी संगठनमा पुनः विग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १३ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १३ शुक्रबार १४:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा एमालेनिकट विद्यार्थी संगठनमा पुनः विग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १३ शुक्रबार १४:४२:oo

दाङमा एमालेनिकट विद्यार्थी संगठन पुनः विभाजित भएको छ। केही वर्षअघि वीरबल खड्काको जिल्ला नेतृत्वलाई उपाध्यक्ष सर्जन परियारले अस्वीकार गरेपछि देखिएको विवादले संगठनमा पुनः विभाजन आएकाे छ। 

एमाले दाङका इन्चार्ज नरुलाल चौधरी, जिल्ला अध्यक्ष हुकुम बस्नेतसहितको समर्थनमा सर्जनले गोविन्द बस्नेतलाई अध्यक्ष बनाए भने खड्काले प्रकाश रावतलाई अध्यक्ष बनाए। दुवै समूहले आ–आफ्ना कमिटी बनाएर गतिविधि गरिरहेका छन्।  

किन उत्पन्न भयो विवाद ? 

३ माघमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला पार्टीबीच छलफलपछि ११ माघमा तुलसीपुरमा अधिवेशन गर्ने सहमति भयो। तर, त्यो सहमतिअनुसार तुलसीपुरमा अधिवेशन भएन।

सर्जनको समूहले खुलासत्र घोराहीमा गर्‍यो भने वीरबलको समूहले तुलसीपुरस्थित पार्टी कार्यालयमा। खुलासत्र छुट्टाछुट्टै भए पनि बन्दसत्र एउटै गर्ने सहमति भयो।

त्यसपछि संगठनका केन्द्रीय सदस्यहरू र पार्टीका जिल्ला नेतृत्वबीच छलफलसमेत भयो। तर, एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले आफैँ अध्यक्षमण्डल घोषणा गरेपछि अनेरास्ववियुका सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज वीरबलले असहमति जनाए।

‘जिल्ला सचिव अध्यक्षमण्डलको अध्यक्ष बन्ने र जिल्ला अध्यक्षलाई सदस्यमा राख्ने, संगठनको जिल्ला इन्चार्जलाई बाहिर राख्ने काम भयो,’ उनले भने, ‘यो विधि, पद्धतिविपरीत कार्य हो, त्यसैले हामीहरूले यसमा विरोध गरेका हौँ।’  

पार्टीले संगठनमाथि हस्तक्षेप गर्न खोजेको उनको भनाइ छ। ‘पाटी विधि, पद्धतिमा चल्नुपर्छ,’ उनले भने, ‘दाङमा संगठनको कमिटी थिएन, त्यसैले केन्द्रले तत्काल कमिटी बनाउन निर्देशन दिएको थियो, त्यहीअनुसार जिल्ला इन्चार्जलाई स्वतः जिम्मेवारी हुन्छ, तर यहाँ पार्टीले हस्तक्षेप गर्न खोज्यो।’ 

बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षता जिल्ला सचिव मनोहर बुढाथोकीले गर्ने र त्यसको सदस्यमा पार्टीका जिल्ला अध्यक्ष हुकुम बस्नेत, विवेक श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य विराट जिसीसहित राखेर एकलौटी गर्न खोजेपछि यो विधिविपरीत रहेको भन्दै मान्य नभएको इन्चार्ज खड्काले बताए।  

सर्जनले भने गणेश बस्नेतकै कमिटी आधिकारिक भएको बताए। वीरबलको समूहले संगठनको लेटरप्याड दुरुपयोग गरेको उनले आरोपसमेत लगाए। ‘गणेश बस्नेतको कमिटी नै आधिकारिक हो,’ उनले भने, ‘अर्को समूहले संगठनको लेटरप्याड दुरुपयोग गरेको छ।’

वीरबल समूहको अध्यक्षमा प्रकाश रावत छन्। त्यस्तै, उपाध्यक्षमा दिनेश रावत, सचिवमा रविन वली, सहसचिवमा प्राप्ति कँडेल र यम पाण्डे छन् भने कोषाध्यक्षमा विमल भट्टराई छन्। यस्तै, सदस्यमा अंकित खनाल, सागर देवकोटा, सुनिता बुढाथोकी, राजन केसी, प्रमिला दहित, शान्ता बस्नेत, रमन डाँगी, सुमन वली, पदम कार्की, नवीन भण्डारी, ललित डाँगी, नवीन डाँगी, युवराज वली, केशव बोहरा, तेज अधिकारी, सीमा विश्वकर्मा, गणेश बस्नेत, कुमार खड्का, रविन बस्नेत, प्रकाश श्रेष्ठ, प्रदीप बस्नेत, रोहित आचार्य, मेलिना केसी, सुशीला केसी, पिमा खड्का, सिमन वली, विकास भट्टराई, लक्ष्मण पौडेल, भेसराज अर्याल, भाष्कर रिजाल, खड्कबहादुर चन्द,सन्देश पाण्डेलगायत छन्। 

परियार समूहको अध्यक्ष गाेविन्द बस्नेत छन्। त्यस्तै उपाध्यक्षमा गणेश खड्का र वसन्त भण्डारी, सचिवमा लक्ष्मण गिरी, उपसचिवमा राजन घर्तीमगर, सिएम विश्वकर्मा, मञ्जु देवकोटा, सुशनध्वज पौडेल र कोषाध्यक्षमा कपिल बिसीलाई चयन गरिएको छ। 

त्यस्तै, सदस्यहरूमा प्रजोल बुढामगर, रविभक्त केसी, अनिल सुनार, दोर्ण केसी, शिवकुमार खत्री, ईश्वर वली, विकास भट्टराई, भूमिका डिसी, जानका विक, स्मृति आचार्य, सुकदेव चौधरी, विशाल चौधरी, निरज यादव, कविसेन ठकुरी, सागर पण्डित, निराजन केसी, आकाश वली, रविन वली, सिर्जना केसी, जीवन वली, सञ्जयकुमार यादव, समीर कार्की,  रेजिना मिया, अंकित आचार्य, खुसीराम चौधरी, समीर वली, प्रतीक्षा केसी, प्रेमप्रकाश वली, रूपेशकुमार मिश्र, राम सुवेदी, मीना भण्डारी, विनोद थापा, सन्दीप केसी, प्रशान्त श्रेष्ठलगायत ५१ सदस्यीय छन्।