मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १६ बिहीबार
  • Thursday, 30 March, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १३ शुक्रबार ०९:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइज बैंकद्वारा अनुसन्धान ब्युरोलाई बैंकिङ सुरक्षासम्बन्धी भिडियो हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १३ शुक्रबार ०९:२४:००

समाजमा देखिएका घटनाहरूलाई उदाहरण बनाई बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानी समेटेर सनराइज बैंकले निर्माण गरेको ‘कुशल’ नामक चेतनामूलक भिडियो केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका छन् ।

उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरूलाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षासम्बन्धी चेतनामूलक जानकारी, घटना र कथामार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशैभरि फिँजाउने तथा बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत समाजमा पुर्‍याएर चेतना बढाउन मद्दत गर्ने जनाएको छ ।