मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ माघ ११ बुधबार १५:०९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार १५:०९:००

बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेशमा सत्तासाझेदार दलहरू एमाले, माओवादी र राप्रपाबाट बुधबार नै नियुक्त भएका मन्त्रीहरूले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ गराएका हुन् ।

बागमती सरकारको ११ मन्त्रालय कायम गर्ने निर्णयअनुसार एमाले र माओवादीबाट चार–चार तथा राप्रपाबाट तीनजना सरकारमा सहभागी छन् ।

एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ र केशव पोख्रेल, माओवादीबाट युवराज दुलाल, कुमारी मोक्तान र गंगानारायण श्रेष्ठ तथा राप्रपाबाट डम्बरबहादुर तामाङ र राजु विष्टले बुधबार शपथ लिएका हुन् ।


याे पनि : बागमतीमा कसले कुन मन्त्रालय सम्हाल्दै छन् ?