मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ११ बुधबार १३:२९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा कसले कुन मन्त्रालय सम्हाल्दै छन् ?

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार १३:२९:००

बागमती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । सत्तागठबन्धनको सहमतिअनुसार एमाले, माओवादी र राप्रपाले प्रदेश सरकारमा पठाउने सदस्यहरूको नाम टुंग्याएका हुन् ।

बागमती सरकारले ११ मन्त्रालय बनाउने निर्णय गरेको छ, जसमध्ये एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको थियो ।

एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालय, ललितपुरका रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय र काठमाडौंका केशव पोख्रेलले पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् । एमालेबाट यसअघि जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् ।

यसैगरी, माओवादीबाट सिन्धुपाल्चोकका युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रालय, मकवानपुरकी कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालय र सिन्धुलीका गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । दुलाल र मोक्तान यसअघि पनि प्रदेशमा मन्त्री भइसकेका छन् । यसअघि दुलाल डोरमणि पौडेलको मन्त्रिमण्डलमा तथा मोक्तान राजेन्द्र पाण्डेको मन्त्रिमण्डलमा सामाजिक विकासमन्त्री थिए ।

अर्को सत्तासाझेदार दल राप्रपाले पनि मन्त्रीहरूको नाम टुंगो लगाएको छ । राप्रपाबाट संसदीय दलका नेता उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । यस्तै, धादिङका डम्बरबहादुर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र काठमाडौंका राजु विष्टले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन् ।