मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ११ बुधबार ११:४८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई यस्तो पार्टीवेयर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ११ बुधबार ११:४८:००

अहिले विवाहको सिजन चलिरहेको छ । विवाह समारोह वा पार्टीमा जाँदा अधिकांशले सुन्दर देखिन सक्दो कोसिस गरिरहेका हुन्छन् । विवाहको पार्टीमा जाँदा बालबालिकामा खुसीको सीमा नै हुँदैन । उनीहरू नयाँ कपडा लगाएर नाच्न भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले उनीहरूको पहिरनमा विशेष ख्याल राख्नुपर्छ । बच्चाहरू फेन्सी कपडा लगाउन रुचाउँछन् । बच्चालाई सरल र आरामदायी कपडा लगाइदिनुपर्छ । किनकि, उनीहरू उफ्रने, दौडेन र नाच्ने गरिरहन्छन् । 

पार्टीमा लगाउन बजारमा विभिन्न डिजाइनका किड्स वेयर उपलब्ध छन् । छोरीका लागि विभिन्न डिजाइनका फ्रक, लेहेंगा, गाउन, स्कर्ट, फूलकारी बुट्टा भरिएका विभिन्न स्टाइलका पाइन्ट तथा जामा बजारमा पाइन्छन् ।

त्यस्तै, छोराका लागि थ्री–पिस सुट, ढाका वा दौरा–सुरुवाल, जिन्स तथा टिसर्ट पाइन्छन् । चम्किलो रङको कपडा लगाउँदा साना बालबालिका मायालु देखिन्छन् । रातो, हरियो र निलो रङको पहिरनले आकर्षक लुक्स दिन्छ । उनीहरूलाई सक्रिय रहन पनि यस्ता रङले ऊर्जा दिन्छ । साना बालबालिकाले आफ्नो कपडा छिटै फोहोर गर्छन् ।

त्यसैले उज्यालो रङका कपडा कम प्रयोग गर्नुस् । गाढा रङका कपडामा फोहोर वा दाग धेरै देखिँदैन । तपाईंले आफ्ना बच्चालाई प्रिन्ट भएको कपडा पनि लगाइदिन सक्नुहुन्छ । कार्टुन, फूल, पशुपक्षीको चित्रको भएको कपडा लगाइदिँदा अझ राम्रो हुन्छ । त्यो चित्र देख्दा उनीहरू रमाइलो मान्छन् ।