१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १० मंगलबार ११:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेन्ट्रल फाइनान्सको नयाँ शाखा विराटनगरमा

Read Time : < 1 मिनेट
२०७९ माघ १० मंगलबार ११:३१:००

 सेन्ट्रल फाइनान्स लिमिटेडले मोरङ, विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १९औँ शाखाका रूपमा उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्रप्राप्त यस संस्थाको ललितपुरस्थित केन्द्रीय कार्यालयसँगै देशभर १७ वटा शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । संस्थाले कारोबार विस्तारका क्रममा छिट्टै नै रौतहटको चन्द्रपुरमा थप एक नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

संस्थाले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटिएम कार्ड, चेक क्लियरिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सिआस्बाजस्ता बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी थप डिजिटल बैंकिङ सेवा प्रदान गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ ।