मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ १० मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार ११:१८:oo

आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस हुने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।