१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ माघ ९ सोमबार २३:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली प्राध्यापक गिरी र सघाउने कार्कीविरुद्ध विशेषमा मुद्दा

Read Time : < 1 मिनेट
२०७९ माघ ९ सोमबार २३:०५:००

उपाधि दुरुपयोग गरी प्राध्यापक लेख्दै आएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले यसमा मतियारको भूमिका खेलेको भन्दै विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीविरुद्ध पनि मुद्दा चलाएको छ । 

११ असार ०७८ मा परेको उपाधि दुरुपयोगको उजुरीमाथि डेढ वर्षभन्दा लामो छानबिनपछि अख्तियारले आज मुद्दा दायर गरेको हो । 

२६ चैत ०७६ मा उपकुलपतिमा नियुक्त गिरी विभिन्न विवादमा मुछिँदै आएका छन् । उनीविरुद्ध अख्तियारमा अनियमितताका अन्य उजुरी पनि छन् । 

स्वास्थ्य मन्त्रालयले करिब एक वर्षअघि नै गिरीमाथि कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्राचार गरेको थियो । 

डा. गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रध्यापक पद प्रयोग गरेको देखिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

उपकुलपति डा. गिरीलाई प्रध्यापक पद अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिश गर्न सक्ने भए पनि उनले नियुक्ति दिएको र त्यसैको आधारमा डा. गिरीले प्रध्यापक पद प्रयोग गरेको देखिएकोले मतियारको रूपमा भुमिका देखिएको भन्दै डा. कार्कीलाई पनि भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेको आयोगका प्रवक्ताले विज्ञप्तिमार्फत जनाएका छन् । 

मुद्दा दायर भएसँगै डा. गिरी प्रतिष्ठानको उपकुलपति पदबाट स्वत निलम्बन भएका छन् । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री विरोध कतिवडाले उनलाई अनियमितता गरेको आरोपमा बर्खास्त गरे पनि अदालतबाट अन्तरिम आदेश ल्याई काम गरिरहेका थिए ।