
हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी र बिरामीका परिवारजनलाई लक्षित गरी गत बुधबारदेखि ती काउन्टर सञ्चालनमा ल्याएको हो । सार्वजनिक बिदाबाहेकका दिनमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म काउन्टर खुल्ने बैंकले जनाएको छ ।