मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ ८ आइतबार १०:५९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बैठक कोठामा यस्तो लाइटिङ

Read Time : < 1 मिनेट
२०७९ माघ ८ आइतबार १०:५९:००

बैठक कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङका सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ । कोठाको आकार तथा उचाइअनुसार उपयुक्त हुने झुमर, ल्याम्प वा अन्य डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । कोठामा राखिएका तस्बिरमा ट्रेस लाइट तथा डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । फरक–फरक डिजाइनको बत्ती प्रयोगले नया“ अनुभूति पनि दिन्छ । 

बैठक कोठामा रङको पनि महत्वपूर्ण भूमिका हुन्छ । हलुका रङ लगाउँदा कोठा उज्यालो तथा ठूलो देखिन्छ । ब्राउन, क्रिमजस्ता डिसेन्ट कलरमा फोकस गर्दा बैठक कोठाको महत्व झल्कन्छ । यस्ता कलरले परिवारका सदस्य तथा आएका पाहुनालाई समेत आनन्दको अनुभव दिलाउँछ । जसले गर्दा मानसिक वा शारीरिक थकान भएकाहरू सो कोठामा आराम गरेर बस्दा उत्साह प्राप्त गर्न सहयोग मिल्छ । 

कोठालाई ताजापन प्रदान गर्न फेब्रिकको प्रयोग गर्न सकिन्छ । यस्तो फेब्रिक फर्निचर तथा भित्ताको रङसुहाउ“दो हुनुपर्छ । कोठामा राखिएका वस्तु तल–माथि, मोटो–पातलो मिलाएर राख्दा कोठाको सुन्दरता खुल्छ । बैठकका सबै भित्तामा डेकोरेसन गर्नुपर्छ भन्ने छैन । आफूलाई उपयुक्त लाग्ने कुनै एउटा वाल छनोट गरेर एकतिर मात्र डेकोरेसन गर्दा पनि हुन्छ । त्यस्तो वालमा परिवारका फरक–फरक पुस्ताका फोटो, पारिवारिक जमघटका फोटो तथा पेन्टिङ या अन्य प्राकृतिक तस्बिरहरू सजाउन सकिन्छ । यस्तो सजावट सजिलो हुनुका साथै कोठालाई फरक अनुभूत गराउ“छ ।