१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Friday, 05 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ७ शनिबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १७:२४:oo

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छिन्। शनिबार प्रतिनिधिसभाले मतविभाजनबाट रास्वपाकी रानालाई उपसभामुख चयन गरेको हो।

सत्तागठबन्धनकी उम्मेदवार रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् १३८ संख्या आवश्यक पर्छ। २६४ सदस्य उपस्थित भएकाे बैठकमा रानाको विपक्षमा ९७ मत परेकाे छ भने १ सांसद तटस्थ बसेका छन्।

रानालाई रास्वपाकी सोबिता गौतमले उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेकी थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए।

झापाको अर्जुनधारा– ८ निवासी समानुपातिक सांसद राना समाजसेवामा क्रियाशील छिन्। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी इन्दिरा ‘बन्दी सहायता नेपाल’ नामक संस्थाको संस्थापक हुन्। उनले दुई दशक लामो मानवीय सेवा अभियानमा अभिभावकत्व गुमाएका हजारौँ बालबालिकालाई आश्रय दिएकी छिन्।

सन् २०१७ मा बिबिसीको सयजना प्रेरणादायी महिलाको सूचीमा परेकी उनले कैदीबन्दीका रूपमा रहेका आमाबुबाका छोराछोरीलाई शिक्षामा सहयोग गरेकी छिन्।

ad
ad
ad
ad