
नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पौड्याललाई बधाई दिएका हुन् ।
उनले पौड्यालको कार्यकालमा सहकार्यका लागि प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।