१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ३ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १८:४४:oo

बाल यौन दुरुपयोग आरोपमा अदालतबाट जेल सजाय पाएर कैद भुक्तान गरिरहेका अभिनेता पल शाहले सोही प्रकृतिको अर्को मुद्दामा सफाइ पाएका छन्। 

शाहलाई आज जिल्ला अदालत तनहुँले सफाइ दिएको हो। बालिका बलात्कारको अभियोगमा मुद्दा चलेकोमा जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो।

सोही प्रकृतिको मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने उनलाई बाल यौन दुरुपयोग आरोपमा दुई वर्ष ६ महिना जेल सजाय र पीडितलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। 

सोही फैसलापछि शाह अहिले कैद भुक्तान गरिरहेका छन्। जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई बलात्कार मुद्दामा भने सफाइ दिएको थियो।