मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ३ मंगलबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ माघ ३ मंगलबार १६:३५:००

हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ सिमरवनस्थित जनजागृति सामुदायिक वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जंगलमा गएका माझीको मंगलबार बिहान ११ बजे हात्तीको आक्रमणबाट मृत्यु भएको वडा नम्बर ५ का वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिए । पछिल्लो एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जंगलमा ठूलो समूहमा हात्ती आएर बसिरहेका छन् ।

रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जंगलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीयहरू भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्तीको समूह आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताए ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराहक्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, विचपानी, विशाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नम्बर वडामा हालसम्म दुईवटा घरमा क्षति पुर्‍याएको वडाध्यक्ष लामाले बताए । यी क्षेत्र जंगलसँग जोडिएका छन् ।