१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Saturday, 28 September, 2024
२o७९ माघ ३ मंगलबार o७:२९:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

हतारमा धारणा नबनाऊ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार o७:२९:oo

एक मानिसका चारजना लक्का जवान छोरा थिए । उनी आफ्ना छोराहरूलाई कुनै पनि कुराबारे हतारमा धारणा बनाउनु कति खतरनाक हुन्छ भन्ने सिकाउन चाहन्थे । उनले आफ्ना छोराहरूलाई पालैपालो निकै टाढा रहेको नासपातीको रूख अवलोकन गर्न फरक–फरक ऋतुमा पठाउने निधो गरे । उनले पहिलो छोरालाई शिशिर, दोस्रोलाई वसन्त, तेस्रोेलाई ग्रीष्म र चौथोलाई शरद ऋतुमा नासपातीको रूखको अवलोकन गर्न पठाए । र, वर्षको अन्तमा आफ्ना सबै छोरालाई एकैसाथ बोलाएर तिमीहरूले त्यहाँ के देख्यौ भनेर सोधे ।

शिशिरमा अवलोकन गर्न गएको छोरोले भन्यो, ‘त्यो रूख जमिनको डिलमा जिङरिंग परेर उभिएको फलफूल त परको कुरा पातसमेत नभएकोे रुखो र विरक्त लाग्दोरहेछ ।’ वसन्तमा अवलोकनमा गएको छोरा पहिलोसँग असमत भयो र भन्यो, ‘त्यो रूख त कलिला र हरिया पालुवाले युक्त आशा र उत्साहले भरपुर थियो ।’ तेस्रो जो गर्मीयाममा गएको थियो, उसले भन्यो, ‘त्यो नासपातीको रूख मोहक छिरबिरे फूलहरूले ढाकिएको हेर्दै अद्वितीय रहेछ । भवरा झुम्मिएका थिए त्यहाँ ।’ अन्तिममा चौथो छोरा, जो शरदमा त्यहाँ पुगेको थियो उसले सबैका कुरामा असहमति जनायो र भन्यो, ‘त्यो नासपतीको रूख त पाकेका स्वादिष्ट फलहरूले लटरम्म थियो ।’ सबैले आफूले देखेको कुरा बताएपछि पिताले भने, ‘हो ती सबै कुरा सही हुन् ।

किनकि तिमीहरूले नासपतीको रूखको जीवनको एक ऋतु मात्र देख्यौ । कुनै पनि कुरा चाहे त्यो एउटा रूख होस् वा कसैको जीवन नै उसका सम्पूर्ण पहलु वा उतारचढावलाई हेरिसकेपछि मात्रै त्यसबारे धारणा बनाउनुपर्छ । एउटै घटना हेरेकोभरमा धारणा बनाउनु मूर्खतापूर्ण र गलत हुन्छ । कुनै कुराको सारलाई पूर्णतामा देखेपछि मात्रै सम्पूर्ण रूपमा मापन गर्न सकिन्छ । शिशिरमा निर्णय गर्नु भनेको वसन्त ऋतुको उत्साह, ग्रीष्म ऋतुको सुन्दरता र शरद ऋतुको फल गुमाउनु हो ।’
‘एउटा गल्ती वा कठिनाइको घडीमा आधारित रहेर आफ्नो होस् वा अरू कसैबारे पनि धारणा बनाउनुहुँदैन । एउटा समय वा मौसमको पीडालाई अर्काे मौसमले प्रदान गर्ने आनन्द नाश गर्न दिनुहुँदैन,’ बूढाले छोराहरूलाई भने ।