मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १ आइतबार ११:१५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकको १४.२१०५ प्रतिशत लाभांश प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १ आइतबार ११:१५:००

मुक्तिनाथ विकास बैंक लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुस ३० गते पोखरामा भएको साधारणसभाले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहनेछ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ । साधारणसभाले आव ०७८/७९ को वार्षिक प्रतिवेदन, आव ०७९/८० का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाबारे जानकारी गराएका थिए ।

समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव ०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।